काठमाडौं । सवारी ज्यान मुद्दामा कैद सजाय पाएका एक फरार कैदीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार तिलोत्तमा नगरपालिका–१५ सखुवानीबाट २६ वर्षीय अजय थारुलाई मंगलबार नियन्त्रणमा लिइएको हो।

advertisement

प्रहरीका अनुसार थारु गत भदौ २४ गते काठमाडौँस्थित कारागार कार्यालय जगन्नाथदेवलमा भएको तोडफोड तथा आगजनी घटनाका क्रममा फरार भएका थिए।

पक्राउ परेका थारुलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com