काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी पोखरेलले बालेन शाह नेतृत्वको सरकारको अध्यादेश सम्बन्धी कदमप्रति कडा आलोचना गरेका छन्।
बुधबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले संसद् छल्दै अध्यादेश ल्याउनु तानाशाही अभ्यासतर्फको संकेत हो कि भन्ने प्रश्न उठाएका हुन्।
उनले अध्यादेश ल्याउनु अपवादस्वरूपको व्यवस्था भएको उल्लेख गर्दै संसद् बोलाइसकेपछि वा बोलाउन सकिने अवस्थामा यस्तो कदम चाल्नु गलत भएको बताए। ‘अध्यादेश ल्याउनकै लागि बोलाइएको संसद् अधिवेशन नै रोकिएको छ,’ उनले टिप्पणी गरेका छन्।
सरकारमा ‘जे गरे पनि हुन्छ’ भन्ने मानसिकता देखिएको आरोप लगाउँदै उनले कानुनको शासन कहाँ अवरुद्ध भयो र अध्यादेश ल्याउनु पर्यो भनी प्रश्न गरे।
उनले राष्ट्रपतिलाई समेत अध्यादेश प्रमाणीकरण नगर्न आग्रह गरेका छन्।
प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार













प्रतिक्रिया