उनले सामाजिक सञ्जालमा लेखेका छन्–

“सरकारले ल्याएको अध्यादेशबारे मेरो धारणा माग्दै र मौनताबारे मलाई नै प्रश्न गर्दै मेन्सन र म्यासेज गर्ने सबै साथीहरूप्रति म गौरव गर्छु। विधिको प्रश्न र जबाफदेहिताको अपेक्षाले मित्रताको मिठासलाई बेस्वादिलो बनाउँदैन भन्ने कुरा बुझ्ने सबैप्रति सम्मान र प्रेम छ।

रह्यो अध्यादेश सिफारिस भएको कुरा, झन्डै दुई तिहाइ बहुमत ल्याएको पार्टीका लागि अधिवेशन रोक्दै अध्यादेश ल्याउनुपर्ने अवस्था ‘बाध्यता’ हो कि अरू केही हो भन्ने कुरा पछि खुल्ला तर यो बहादुरी भने होइन।

अध्यादेश सधैँ संविधानले दिएको अधिकार र विधिअनुसार नै आउने हो। तर यसपटक पनि अध्यादेशको सिफारिस संविधानको अक्षरमा आधारित छ, संविधानको मर्ममा होइन। संविधान अक्षरले मात्र बाँच्ने दस्ताबेज होइन, मर्मको पालनाले जीवन्त रहने हो। संविधानका अक्षरले यसको मर्मलाई सीमित नगरोस्।

यसअघि पनि विभिन्न सरकारले अध्यादेश ल्याउँदा मैले उठाएका प्रश्नहरू अहिले पनि उत्तिकै जीवित छन्।”

प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com