काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक अहिले बसिरहेको छ। तर, संसदीय दलका नेता बालेन्द्र शाह उक्त बैठकमा सहभागी भएका छैनन्। यसअघि बसेको बैठकमा पनि उनी अनुपस्थित रहेका थिए।
आजको बैठकमा भने पार्टी सभापति रवि लामिछानेको उपस्थिति रहेको छ। रास्वपाले यस बैठकलाई अनौपचारिक स्वरूपको भएको जनाएको छ।
बैठकमा काठमाडौँ उपत्यकाभित्र उपलब्ध सांसदहरूलाई उपस्थितिका लागि आग्रह गरिएको पार्टीले जानकारी दिएको छ।
प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार













प्रतिक्रिया