काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको अर्जुनधारा नगरपालिका–११ चियाबगानबाट खैरो हेरोइनसहित पाँच जना, फिदिम नगरपालिका–१ शनिबारेबाट दुई जना, सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट तीन जना, धरान उपमहानगरपालिका–११ बाट एक जना र मध्यपुरथिमि नगरपालिका–१ मनोहराबाट दुई जनालाई पक्राउ गरिएको हो ।
उनीहरूमध्ये केहीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि, नगद र लागुऔषध तौल गर्न प्रयोग हुने डिजिटल तराजु समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी, कोहलपुर नगरपालिका–१० चडिण्डा टोलबाट एक जना, पोखरा महानगरपालिका–२५ याम्दीबाट एक जना, सिम्रौगढ नगरपालिका–३ भट्टीवैरियाबाट दुई जना तथा नेपालगन्ज उपमहानगरपालिका–१३ लालापुरबाट एक जनालाई पक्राउ गरिएको छ । उनीहरूलाई बुधबार पक्राउ गरिएको हो ।
प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया