काठमाडौं । बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ।
जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाका अनुसार गौमुल गाउँपालिका–६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको हो।
सुन्तलाको बोट काँटछाँट गर्ने क्रममा उनी रुखबाट खस्दा गम्भीर घाइते भएका थिए। उनी जिल्लाका अग्रणी किसानका रूपमा परिचित थिए।
प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया