काठमाडौं। रामचन्द्र पौडेल ले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशहरूको संवैधानिक तथा कानुनी पक्षबारे कानुनविद्हरूसँग छलफल थालेका छन्।
शीतल निवास स्थित राष्ट्रपति कार्यालय मा अहिले छलफल जारी रहेको जानकारी प्रवक्ता रितेशकुमार शाक्यले दिएका छन्।
उनका अनुसार छलफलमा वरिष्ठ अधिवक्ताहरू महादेव यादव, शम्भु थापा, शेरबहादुर केसी, पूर्णमान शाक्य, टिकाराम भट्टराई, बिपिन अधिकारी, भीमार्जुन आचार्य र ललित बस्नेत सहभागी छन्।
छलफलअघि राष्ट्रपतिले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका थिए।
राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको हो।
राष्ट्रपति कार्यालयमा भइरहेको यो परामर्शलाई बाँकी अध्यादेशहरूबारे आगामी निर्णय प्रक्रियासँग जोडेर हेरिएको छ।
प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया