काठमाडौं । उपचारका लागि राजधानी काठमाडौँ आएका रामेछापका एक व्यक्ति छोराको डेरा खोज्ने क्रममा हराएपछि परिवारले खोजीका लागि सार्वजनिक अपिल गरेका छन्।

रामेछापको खाडादेवी गाउँपालिका १ लुभु घर भएका करिब ५० वर्षीय मोहनकुमार माझी रातोपुल क्षेत्रमा बस्दै आएका आफ्ना छोराको डेरामा पुग्ने क्रममा सम्पर्कविहीन भएका हुन्। परिवारका अनुसार उनी उपचार गराउन काठमाडौँ आएका थिए, तर छोराको कोठा पहिचान गर्न नसकेपछि बाटो अलमलिँदा हराएको जनाइएको छ।

advertisement

वेपत्तापछि परिवारजन तथा आफन्तले आसपासका क्षेत्रमा खोजी तीव्र पारेका छन्, तर हालसम्म उनको कुनै पत्ता लाग्न सकेको छैन। समय बित्दै जाँदा उनको सुरक्षाप्रति चिन्ता झनै बढ्दै गएको परिवारले जनाएको छ।

मोहनकुमार माझीलाई कसैले देखे वा भेटेमा नजिकको प्रहरी चौकीमा जानकारी गराउन वा ९७६६८४४९६० नम्बरमा सम्पर्क गरी सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ। उनलाई अन्तिम पटक भक्तपुर क्षेत्रमा कसैले देखेको पनि जनाइएको छ। हालसम्म उनी सम्पर्कविहिन छन्।

प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com