काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग (ओपीडी) सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।
वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेकाले ओपीडी सेवा प्रभावित भई सेवाग्राहीलाई असुविधा हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्देशन जारी गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन्।
प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया