काठमाडौं । राष्ट्रपति रामचन्द्र पैडेलले किराँत समुदायको महान् पर्व उभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायमा शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले यस पर्वले सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्दै बन्धुत्व र सहिष्णुताको भावनालाई अझ प्रगाढ बनाओस् भन्ने कामना व्यक्त गरेका हुन् ।

advertisement

‘उभौली पर्वले सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकताको भावना जागृत गरि सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउनका लागि हामी सबैमा निरन्तर प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु,’ शुभकामना सन्देशमा उल्लेख छ ।

उनले उभौली पर्वलाई ऋतु परिवर्तनको संकेत दिने महत्वपूर्ण सांस्कृतिक पर्वको रूपमा उल्लेख गर्दै वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वले प्रकृति र मानवबीचको गहिरो सम्बन्धलाई झल्काउने बताए ।

राष्ट्रपतिले यस्ता सांस्कृतिक पर्वहरूले नेपालका विभिन्न जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

साथै, देशको सांस्कृतिक विविधताको संरक्षण गर्दै सहअस्तित्व र समानताको भावनालाई मजबुत बनाउनेमा यस्ता पर्वहरूको योगदान रहने उनको धारणा छ ।

प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com