काठमाडौं । रौतहटमा १८ वर्षअघि आफ्नै बुबाको हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका-१ (साबिक जयनगर गाविस–४) का ४९ वर्षीय राम विलास महतो रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटले उनलाई लुकिछिपी बसेको अवस्थामा चितवनबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार २०६४ जेठ २० गते राति साबिक जयनगर गाविस-४ स्थित गोठ घरमा ६५ वर्षीय विश्वेश्वर महतो कोइरीको हातखुट्टा बाँधेर धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

advertisement

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार हत्याको मुख्य कारण ऋण र जग्गा विवाद देखिएको छ। अभियुक्त राम विलासले गाउँका धेरै व्यक्तिसँग ऋण लिएका थिए।अड्डा अदालतमा जग्गा खिचोला सम्बन्धी मुद्दा समेत चलिरहेको थियो।मुद्दाको खर्च जुटाउन नसकेपछि उनले आफ्नै बुबाको हत्या गरेर विपक्षीहरूलाई ‘ज्यान मुद्दा’ मा फसाउने योजना बनाएका थिए ।

विपक्षीहरू जेल गएमा ऋण तिर्नु नपर्ने र जग्गा विवाद पनि सुल्झिने उनको दाउ थियो ।

हत्यापछि शंका लाग्ने डरले राम विलास स–परिवार फरार भएका थिए। प्रहरीले सूक्ष्म अनुसन्धान र खोजतलास जारी राख्ने क्रममा उनलाई १८ वर्षपछि २०८३ वैशाख १६ गते चितवनमा फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेका महतोमाथि थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।

प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com