काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै फरक धारणा सार्वजनिक गरेकी छन्।
बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो’ भन्ने विचार व्यक्त गरेका थिए।
प्रधानमन्त्रीको उक्त भनाइप्रति प्रतिक्रिया दिँदै बमले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, ‘साँचो क्रान्ति ‘क’ बाटै सुरु हुन्छ, प्रधानमन्त्री ज्यू, र त्यो ‘क’ करुणा हो।’
सुकुम्बासी बस्तीमा डोजर प्रयोग गरिएको विषयमा निरन्तर विरोध गर्दै आएकी बमले सरकारलाई मानवीय संवेदनशीलता देखाउन आग्रहसमेत गरेकी छन्।
प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार












प्रतिक्रिया