काठमाडौं  । थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका एक पुरुषले बागमती नदीमा हाम फालेर आत्महत्या गरेका छन्।

सरकारले डोजर चलाएर बस्ती भत्काएपछि प्रभावित क्षेत्रमा बसोबास गर्दै आएका ती व्यक्तिले शुक्रबार नदीमा हाम फालेको प्रहरीले जनाएको छ।

advertisement

प्रहरीका अनुसार मृत फेला पर्नेमा खोटाङ घर भएका अन्दाजी ५५–६० वर्षीय इन्द्रबहादुर राई रहेका छन् । घटनापछि शवलाई बागमती नदीबाट निकालिएको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानअनुसार उनी सामान सार्ने क्रममा अचानक नदीमा हाम फालेको हुनसक्ने बताएको छ।

यसअघि पनि सोही बस्तीमा १७ वर्षीय एक किशोरले आत्महत्या गरेको घटना सार्वजनिक भएको थियो।

प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com