काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ।
शुक्रबार दिउँसो अर्थ मन्त्रालयमा भएको उक्त भेटमा दुई पक्षबीच नेपाल–अमेरिका आर्थिक साझेदारी, विकास सहयोग तथा आपसी सहकार्यका विविध विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया