काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वास्तविक भूमिहीनको पहिचान र उचित पुनर्स्थापनाको व्यवस्था नगरी सुकुम्बासीलाई धम्क्याउँदै वा बलपूर्वक हटाउने कार्य तुरुन्त रोक्न सरकारसँग माग गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नदी किनारका बस्ती व्यवस्थापन आवश्यक भए पनि त्यसका लागि डोजरको प्रयोग होइन, कानुनी प्रक्रिया अपनाइनुपर्ने बताएका छन्।

advertisement

उनले राज्यले सदैव कानुनको मार्ग पछ्याउनुपर्ने उल्लेख गर्दै यसको शक्ति बल प्रयोगमा नभई न्यायपूर्ण र विधिसम्मत कार्यान्वयनमा देखिनुपर्ने धारणा व्यक्त गरेका छन्।

प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com