काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा आज टिपरको ठक्करबाट एक किशोरको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सुपप्र०२–००१ख ०५९८ नम्बरको टिपरले भारतीय नम्बर प्लेट युके०६एएस ७९३० भएको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय १४ वर्षीय दिवस चुनराको घटनास्थलमै मृत्यु भएको हो। उनी मोटरसाइकलको पछाडि सवार थिए।
दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय नरेश लुहार घाइते भएका छन्। उनको बायाँ खुट्टामा चोट लागेको छ र अवस्था मध्यम रहेको बताइएको छ। उपचारका लागि उनलाई भारतको खटिमातर्फ लगिएको प्रहरीले जनाएको छ।
टिपर चालक भने दुर्घटनापछि फरार रहेका छन् र उनको खोजी कार्य भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार













प्रतिक्रिया