काठमाडौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै धरान उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्न इच्छुकहरूले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई भेट्न थालेका छन्।

‘दुई अँजुलीमा माटो’ चुनाव चिन्ह रहेको उक्त पार्टीबाट उम्मेदवार बन्न चाहनेहरूलाई हर्कले धरानस्थित ‘ग्रीन टी’ कफीसपमा भेट्ने व्यवस्था मिलाएका थिए। उनी हाल विभिन्न पूर्वी पहाडी जिल्लाको भ्रमणपछि धरान पुगेका छन्।

advertisement

यता, संघीय सरकारले काठमाडौं महानगरपालिकासँगको समन्वयमा सुकुम्बासी बस्ती हटाएको विषयमा हर्क साम्पाङ आक्रामक रूपमा प्रस्तुत भएका छन्।

सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री बालेन शाहविरुद्ध निरन्तर पोस्ट गर्दै आएका छन्। पछिल्लो समय १२ घण्टाको अवधिमा उनले १५ वटा पोस्ट गर्दै सुकुम्बासी बस्ती हटाइएपछि प्रभावित स्थानीयका भिडियो र स्ट्याटस साझा गर्दै सहानुभूति व्यक्त गरिरहेका छन्।

उनले स्थानीय चुनावलाई लक्षित गर्दै सुकुम्बासीहरूको विषयलाई उठाइएको भन्दै संरक्षण र व्यवस्थापनका लागि राज्यले गम्भीर भएर काम गर्नुपर्ने धारणा पनि राखेका छन्।

प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com