काठमाडौं । बितेको २४ घण्टामा १ हजार ७२० जना सवारी चालकहरू ट्राफिक नियम उल्लङ्घन गरेको कारण कारबाहीमा परेका छन् । यसबाट राज्य कोषमा रु ८ लाख ५८ हजार राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारबाही पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने १३६ जना, राइड सेयरिङ नियम उल्लङ्घन गर्ने १२४ जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १२९ जना र तीव्र गतिमा सवारी चलाउने १७५ जना रहेका छन् ।
त्यसैगरी लेन अनुशासन पालना नगर्ने २०६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने २८ जना, सडक पेटीमा पार्किङ गर्ने ९२ जना, तोकिएको स्थानमा यात्रु चढाउने–ओराल्ने नियम उल्लङ्घन गर्ने २० जना तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ८१० जना पनि कारबाहीमा परेका छन् ।
प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार












प्रतिक्रिया