काठमाडौं । रामचन्द्र पौडेल ले विश्व प्रेस स्वतन्त्रता दिवस (३ मे २०२६) का अवसरमा नेपाली सञ्चार क्षेत्रलाई संविधानले दिएको अधिकारको पूर्ण उपयोग गर्दै निर्भय रूपमा सत्य सूचना प्रवाह गर्न सफलताको कामना गरेका छन्।

स्वदेश तथा विदेशमा रहेका पत्रकार तथा सम्पूर्ण नेपाली दाजुभाइ-दिदीबहिनीहरूलाई शुभकामना दिँदै उनले स्वतन्त्र पत्रकारितामार्फत सत्यको खोज र तथ्यमा आधारित सूचना सम्प्रेषण गरी समाजमा सही धारणा स्थापित गर्न विशेष ध्यान दिनुपर्ने उल्लेख गरेका छन्।

advertisement

राष्ट्रपति पौडेलले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै विभिन्न लोकतान्त्रिक आन्दोलनहरूमा सञ्चार माध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। उनका अनुसार नागरिकलाई सुसूचित गराउने संवैधानिक अधिकारको प्रभावकारी कार्यान्वयनका लागि स्वतन्त्र, निष्पक्ष र सबल प्रेस अपरिहार्य हुन्छ, जसले लोकतन्त्रलाई अझ सुदृढ बनाउँछ।

उनले प्रेस स्वतन्त्रताको सुनिश्चिततासँगै पत्रकारहरूका लागि सुरक्षित वातावरण आवश्यक रहेको पनि औँल्याएका छन्। संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको उल्लेख गर्दै सूचना संकलनदेखि प्रसारणसम्मको प्रक्रियामा कुनै अवरोध बिना सबै वर्ग र समुदायको आवाज मुखरित हुनुपर्नेमा जोड दिएका छन्।

साथै, सामाजिक सञ्जालमार्फत फैलिन सक्ने मिथ्या र भ्रामक सूचनाले समाजलाई भ्रमित पार्ने चुनौती रहेको उल्लेख गर्दै उनले यस्ता चुनौतीको सामना गर्दै सत्य, तथ्यपरक र विश्वसनीय सूचना प्रवाह गर्न नेपाली सञ्चार क्षेत्रलाई थप ऊर्जा, हौसला र प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन्।

प्रकाशित मिति: २० बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com