काठमाडौं। सगरमाथा आधार शिविर नजिकै सेभेन समिटसँग आवद्ध पर्वतारोहण गाइड लाक्पा डेन्डी शेर्पा को आइतबार निधन भएको छ ।
सोलुखुम्बुको सोताङ गाउँपालिका–४ का ५२ वर्षीय शेर्पा आइतबार दिउँसो करिब १२ बजेतिर आधार शिविर क्षेत्र नजिकै बाटोबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।
विगत लामो समयदेखि पर्वतारोहण क्षेत्रमा सक्रिय रहेका शेर्पा सेभेन समिटमार्फत विभिन्न अन्तर्राष्ट्रिय आरोहण अभियानमा संलग्न थिए ।
उनको आकस्मिक निधनले आरोहण क्षेत्रमा शोक छाएको छ ।
मृतक शेर्पाको शव हेलिकोप्टरमार्फत लुक्ला लगिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सगरमाथा क्षेत्रमा आरोहण सिजन चलिरहेको बेला भएको यो दुर्घटनाले सुरक्षा र पूर्वतयारीका विषयमा पुनः ध्यानाकर्षण भएको छ ।
प्रकाशित मिति: २० बैशाख २०८३, आइतबार












प्रतिक्रिया