काठमाडौं । रवि लामिछाने ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गरिएको विषयमा आफूले अझै स्पष्ट जानकारी संकलन गरिरहेको बताएका छन्।
आइतबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अध्यादेश फिर्ताको कारणबारे अध्ययनपछि मात्र औपचारिक धारणा सार्वजनिक गर्ने बताए।
यसअघि आजै रामचन्द्र पौडेल ले उक्त अध्यादेश पुनर्विचारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा फिर्ता पठाएका थिए।
यसबारे प्रश्न उठेपछि लामिछानेले भने, ‘के कारणले फिर्ता गरिएको हो भन्ने कुरा बुझ्दैछु, अध्ययन गरेर मात्रै प्रतिक्रिया दिन्छु।’
उनका अनुसार अध्यादेशमा बहुमतसम्बन्धी प्रावधान व्याख्यासहित समेटिएको छ। तर अन्य पक्षबारे विस्तृत जानकारी लिएपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने उनले स्पष्ट पारे।
प्रकाशित मिति: २० बैशाख २०८३, आइतबार













प्रतिक्रिया