काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले भारत र चीनले दार्चुलाको लिपुलेक क्षेत्र हुँदै सडक/पास निर्माण गरेको विषयमा सरकारको धारणा स्पष्ट पारेका छन्।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले लिपुलेक नेपालको अविभाज्य भूभाग भएकोमा सरकार स्पष्ट रहेको बताएका हुन्।

advertisement

उनका अनुसार यस विषयमा सरकारले कूटनीतिक माध्यमबाट आवश्यक पहल गरिसकेको छ। ‘हामीले कूटनीतिक नोट पठाइसकेका छौँ, लिपुलेक हाम्रो भूमि हो भन्नेमा सरकार स्पष्ट छ,’ उनले भने।

प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com