काठमाडौं। स्वदेशी स्रोतको प्रभावकारी उपयोगमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यसहित नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले आफ्नो ३८औँ स्थापना दिवसका अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

“वन पैदावारको उत्पादन वृद्धि र उद्यम विकास गरौं, आयात प्रतिस्थापन गरी आत्मनिर्भर बनौं” भन्ने नारासहित आयोजित कार्यक्रम सोमबार कोटेश्वरस्थित महासंघको केन्द्रीय कार्यालयमा बिहानदेखि दिउँसोसम्म सञ्चालन गरिएको हो।

advertisement

महासंघका अनुसार वनजन्य कच्चा पदार्थको उचित प्रयोग, उद्योग विस्तार र रोजगारी सिर्जनामार्फत व्यापार घाटा घटाउने दीर्घकालीन लक्ष्यलाई स्थापना दिवससँग जोड्दै सामाजिक उत्तरदायित्वका गतिविधि अघि बढाइएको हो।

रक्तदान कार्यक्रममार्फत मानव जीवन बचाउन प्रत्यक्ष योगदान दिनुका साथै समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्य राखिएको जनाइएको छ।

कार्यक्रममा प्राविधिक सहयोग त्रिभुवन विश्वविद्यालयअन्तर्गतको लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्र, कीर्तिपुरले प्रदान गरेको थियो।

महासंघले उद्योगी, व्यवसायी, वन क्षेत्रका सरोकारवाला तथा सर्वसाधारणलाई सक्रिय सहभागिताका लागि आह्वान गर्दै यस अभियानलाई मानव सेवा र आर्थिक आत्मनिर्भरताको सन्देश जोड्ने पहलका रूपमा लिएको जनाएको छ।

प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com