कञ्चनपुर। पुनर्वास नगरपालिका–७ स्थित एक इँटा उद्योगमा ट्याक्टर अनियन्त्रित हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार रातिको समयमा मजदुरहरू काँचो इँटाको चट्टामाथि सुतिरहेका बेला पानी छर्किने काममा प्रयोग भइरहेको ट्याक्टर अचानक अनियन्त्रित भई सोही स्थानमा ठोक्किएको थियो।

advertisement

दुर्घटनामा भारत उत्तर प्रदेश, बहराइचका २७ वर्षीय अजय कुमार गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका छन्। त्यसैगरी ९ वर्षीय पवन कुमारको उपचारकै क्रममा अर्को अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएका ११ वर्षीय घुर्रा कुमारको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार दुर्घटनामा संलग्न ट्याक्टर र पानी छर्किने ट्याङ्कर नियन्त्रणमा लिइएको छ भने चालक फरार रहेका कारण उनको खोजीकार्य जारी रहेको छ।

प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com