वाशिङटन डीसी। अमेरिकी सेनाले होर्मुज जलडमरूमध्य नजिक आफ्ना नौसैनिक जहाज माथि आक्रमण भएको भन्ने इरानको दाबीलाई अस्वीकार गरेको छ।

अमेरिकी सेनाको मध्य कमान्डले कुनै पनि अमेरिकी युद्धपोतमाथि मिसाइल प्रहार नभएको स्पष्ट पार्दै सामाजिक सञ्जालमार्फत इरानको दाबी आधारहीन भएको जनाएको छ।

advertisement

यसअघि इरानको सरकारी समाचार संस्थाले सैन्य स्रोतलाई उद्धृत गर्दै आफ्नो नौसेनाले अमेरिकी तथा इजरायली युद्धपोतलाई उक्त क्षेत्रमा प्रवेश गर्न नदिएको दाबी गरेको थियो।

इरानले आफ्ना जलक्षेत्रको सुरक्षा आफैंले सुनिश्चित गर्ने भन्दै विदेशी सैन्य उपस्थितिप्रति निरन्तर कडा अभिव्यक्ति दिँदै आएको छ।

दुवै पक्षका फरक–फरक दाबीबीच होर्मुज क्षेत्रको सुरक्षा अवस्था र क्षेत्रीय तनावबारे अन्तर्राष्ट्रिय चासो थप बढेको देखिन्छ।

प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com