काठमाडौं। लामो विवादपछि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अन्ततः राष्ट्रपतिबाट जारी गरिएको छ।
सरकारले पुनः सिफारिस गरेपछि उक्त अध्यादेशले औपचारिक रूपमा कानुनी मान्यता पाएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसअनुसार अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
यसअघि सोही अध्यादेश पुनर्विचारका लागि फिर्ता गरिएको थियो, तर सरकारले परिमार्जन नगरी पुनः अघि बढाएपछि प्रमाणीकरणको प्रक्रिया पूरा भएको हो।
सरकारले संवैधानिक निकायहरूमा देखिएको पदपूर्ति समस्यालाई समाधान गर्न र निर्णय प्रक्रियालाई सहज बनाउन यो अध्यादेश ल्याएको बताउँदै आएको छ।
यसअघि पनि सरकारले सिफारिस गरेका अन्य अध्यादेशहरू जारी भइसकेका थिए भने यो अध्यादेश अन्तिम रूपमा जारी भएको हो।
अब यससँग सम्बन्धित प्रावधानहरू कार्यान्वयनमा जाने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया