काठमाडौं । मंगलबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुन प्रतितोला ३ हजार ८०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै गत मंगलबार २ लाख ९७ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला १५० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला ४ हजार ८ सय ४० रुपैयाँ मूल्य तय भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ३० रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार चाँदी ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार












प्रतिक्रिया