काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा २३ जनालाई पक्राउ गरेको छ। चितवन, कैलाली, झापा, सुनसरी, बाँके, उदयपुर, तनहुँ, बर्दिया र धनकुटालगायत जिल्लामा सञ्चालन गरिएको छुट्टाछुट्टै अपरेसनका क्रममा उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिइएको हो।

चितवनको भरतपुर महानगरपालिका–११ कमलादेवीमाई टोलबाट ३७ वर्षीय अन्सु श्रेष्ठलाई करिब २ सय ग्राम गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यस्तै, भरतपुर–१५ शान्ति चोकबाट ३२ वर्षीय रूपेश लामालाई ५ ग्राम २ सय ६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ, डिजिटल तराजु र नगद रकमसहित पक्राउ गरिएको छ।

advertisement

कैलालीको धनगढी उपमहानगरपालिका–८ बाट तीन जनालाई ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित पक्राउ गरिएको छ। झापामा पनि छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर तथा खैरो हेरोइनसहित पाँच जना पक्राउ परेका छन्।

सुनसरीमा समेत ब्राउनसुगर र नियन्त्रित औषधिसहित चार जनालाई नियन्त्रणमा लिइएको छ भने बाँकेको नेपालगञ्जमा १५० मिलिग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्।

उदयपुर, तनहुँ, बर्दिया र धनकुटामा समेत लागूऔषध ट्रामाडोल, डाइजिपाम, बुप्रेनोर्फिनलगायत विभिन्न प्रकारका प्रतिबन्धित औषधिसहित थप व्यक्तिहरू पक्राउ परेका छन्। केही स्थानमा मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि लागूऔषध ओसारपसार, बिक्री वितरण तथा सेवनसँग सम्बन्धित मुद्दामा अनुसन्धान भइरहेको छ। देशभर लागूऔषध नियन्त्रण अभियानलाई थप कडाइका साथ अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com