काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्षसहित १९ जना बोर्ड सदस्य एकैपटक पदमुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल ले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै उनीहरू पदबाट हटाइएका हुन्।
पदमुक्त हुनेमध्ये राखेपका उपाध्यक्ष ध्रुव आचार्य पनि रहेका छन्। यद्यपि, आचार्यले भने यसअघि नै आफ्नो पदबाट राजीनामा दिइसकेको बताइएको छ।
राखेपको बोर्डमा रहेका अन्य १८ सदस्य पनि सोही अध्यादेश कार्यान्वयनसँगै स्वतः पदमुक्त भएका छन्।
सरकारले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको जिम्मेवारी पुनःव्यवस्थित गर्ने उद्देश्यले उक्त अध्यादेश ल्याएको बुझिएको छ।
हालका सदस्यसचिव रामचरित्र मेहता भने सरकारी कर्मचारी भएका कारण तत्काल पदमुक्त नहुने जनाइएको छ।
नयाँ सदस्यसचिव नियुक्त नभएसम्म उनी पदमै रहने व्यवस्था गरिएको छ।
यो निर्णयसँगै राखेपको संरचना र नेतृत्वमा ठूलो परिवर्तन आउने देखिएको छ।
प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया