काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फ कार्यकारिणी सदस्य पदको मतगणना सम्पन्न भएसँगै १३ जना सदस्य निर्वाचित भएका छन्। मंगलबार साँझ सार्वजनिक नतिजाअनुसार कार्यकारिणीको टुङ्गो लागेको हो।

निर्वाचन प्रक्रियामा अन्तिम स्थानतर्फका चार उम्मेदवारबीच समान मत आएपछि समाधानका लागि गोला प्रथा अपनाइने भएको छ। उक्त व्यवस्थाअनुसार उनीहरूले दुई-दुई जनाले आधा–आधा कार्यकाल सम्हाल्ने तयारी गरिएको महासंघ स्रोतले जनाएको छ।

advertisement

निर्वाचित सदस्यहरूमा डोलनिधि लामिछाने, लालमणि घिमिरे, पुण्यप्रसाद पाण्डे, विदुर ढकाल, जंगबहादुर थापा, रविलाल पुरी, रामप्रसाद कँडेल, डिल्लीराम कँडेल, सन्तोष विष्ट, सन्तोष केसी, हरिप्रसाद सुवेदी, डिलाराम चालिसे र घनश्याम कँडेल रहेका छन्।

यस्तै, प्रल्हाद कँडेल र प्रदीप कँडेलसमेत समान मत प्राप्त गर्ने समूहमा परेका कारण गोला प्रथाबाट कार्यकाल बाँडफाँटको प्रक्रियामा समेटिने भएका छन्।

महासंघभित्र वस्तुगत क्षेत्रको प्रतिनिधित्व गर्ने यी सदस्यहरूले आगामी कार्यकालमा उद्योग–व्यवसायका नीतिगत सवाल, निजी क्षेत्रका समस्या र सुधारका एजेन्डा अघि बढाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com