काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० स्थित होटल गौतमबुद्ध इन्टरनेसनलभित्र सञ्चालनमा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ जना नेपाली नागरिक पक्राउ परेका छन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले गएराति विशेष सूचनाका आधारमा छापा मारेको हो। अपरेसनका क्रममा ४ जना क्यासिनो व्यवस्थापनमा संलग्न र १५ जना जुवा खेलिरहेका व्यक्तिलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका छन्।
प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार













प्रतिक्रिया