काठमाडौं । उपत्यकामा आज वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल उपत्यकाको आकाश सामान्य रूपमा बादलले ढाकिएको छ।
मौसम विभागले जनाएको अनुसार आज काठमाडौं उपत्यकामा मौसम कहिले खुल्ने, फेरि बादल लाग्ने, पानी पर्ने, रोकिँदै फेरि वर्षा हुने जस्ता परिवर्तन भइरहने सम्भावना छ।
देशभरको मौसम तथा वर्षाको अवस्थाबारे मौसम महाशाखाले आज बिहान ८ बजे विस्तृत बुलेटिन जारी गर्ने जनाएको छ।
प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार













प्रतिक्रिया