काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएकाे छ। हिजो मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। चाँदी आज प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ५५ रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार













प्रतिक्रिया