काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माण प्रक्रिया अघि बढ्नु अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘पूर्व बजेट छलफल’ आयोजना गर्ने भएको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज दिउँसो ४ बजे हुने उक्त कार्यक्रममा सरकारका प्रमुख मन्त्रीहरूको सहभागिता रहने जनाइएको छ।
छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल सहभागी हुनेछन्।
रास्वपाले बजेट निर्माणलाई थप समावेशी, पारदर्शी र परिणाममुखी बनाउन सरोकारवाला तथा नीति निर्माताबीच प्रारम्भिक बहस आवश्यक रहेको ठहरसहित यस्तो कार्यक्रम आयोजना गर्न लागेको हो।
उक्त ‘पूर्व बजेट छलफल’ मा आगामी बजेटका प्राथमिकता, विकास आयोजना, आर्थिक सुधारका उपाय तथा जनअपेक्षालाई समेट्ने विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार













प्रतिक्रिया