काठमाडौं । संविधान संशोधनका विषयमा बहसपत्र तयार पार्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरूसँग परामर्श गर्ने भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको उक्त कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म पूर्वमहान्यायाधिवक्ताहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको हो।

advertisement

कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार, उक्त छलफलमार्फत संविधान संशोधनका विविध पक्षमा सहभागीहरूको महत्वपूर्ण सुझाव संकलन गरिनेछ।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com