काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्। बैठक बिहीबार साँझ ५ बजेका लागि बोलाइएको हो।

प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा प्रधान न्यायाधीश सिफारिसलगायत महत्त्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

advertisement

हालै राष्ट्रपति रामचन्द्र पौडेल ले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि परिषद्‌को गतिविधि तीव्र बन्न थालेको हो।

नयाँ व्यवस्थाअनुसार अब परिषद्को बैठक बस्न ६ सदस्यीय संरचनामध्ये कम्तीमा ४ जना उपस्थित भए पुग्नेछ।

साथै निर्णय गर्न कम्तीमा ३ जनाको बहुमत भए पर्याप्त हुने प्रावधान राखिएको छ।

संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ भने सदस्यहरूमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख, विपक्षी दलका नेता र प्रधान न्यायाधीश रहनेछन्।

हाल परिषद्मा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुवीकुमारी ठाकुर, विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल सदस्यका रूपमा रहेका छन्।

अध्यादेशमार्फत गरिएको नयाँ प्रावधानपछि परिषद्‌का निर्णय प्रक्रिया थप सहज हुने सरकारको अपेक्षा छ।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com