काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री  शेरबहादुर देउवाविरुद्ध इन्टरपोलमार्फत ‘रेड कर्नर नोटिस’ जारी गर्ने सम्बन्धमा नेपाल प्रहरीले प्रक्रिया अघि बढाएको दाबी गरिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा आवश्यक कागजातसहित प्रहरीको इन्टरपोल शाखा (एनसीबी नेपाल) ले इन्टरपोल मुख्यालयलाई पत्राचार गरेको स्रोतले जनाएको छ।

advertisement

प्रहरी स्रोतका अनुसार हाल हङकङमा रहेको भनिएका देउवालाई नेपाल ल्याउने उद्देश्यसहित आवश्यक विवरण र कागजातहरू पठाइएको भए पनि इन्टरपोल मुख्यालयबाट अहिलेसम्म कुनै आधिकारिक जवाफ प्राप्त भएको छैन।

जवाफ नआएकाले रेड नोटिस जारी भएको हो वा होइन भन्ने विषयमा अन्योल कायम रहेको प्रहरी उच्च स्रोतले जनाएको छ।

उक्त प्रक्रिया इन्टरपोलको निर्णयमा निर्भर रहने बताइएको छ। देउवा पछिल्लो समय चुनावअघि पत्नीका साथ सुरुमा सिंगापुर र त्यसपछि हङकङ पुगेको उल्लेख गरिएको छ।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com