काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
न्यायाधीशद्वय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धानका लागि उनीहरूलाई थप हिरासतमा राख्न अनुमति प्रदान गरेको हो।
विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार दीपक भट्टको पाँचौँपटक र सुलभ अग्रवालको छैटौँपटक समान १२ दिनका दरले म्याद थप गरिएको हो। अनुसन्धान प्रक्रिया जारी रहेको बताइएको छ।
प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार













प्रतिक्रिया