सुर्खेत। सुर्खेत उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका नेता लक्ष्मण कँडेलले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
वीरेन्द्रनगरमा बुधबार आयोजित एक कार्यक्रमका बीच कँडेललाई रास्वपाका महामन्त्री भूपदेव शाहले पार्टीमा स्वागत गरेका हुन्।
कँडेलसँगै अन्य केही व्यक्तिहरूले पनि सोही कार्यक्रममा रास्वपा रोजेका छन्।
कँडेलले आफू करिब दुई दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेको र जिल्ला कार्यसमिति सदस्यको जिम्मेवारीसमेत सम्हालेको जानकारी दिए।
उनले व्यक्तिगत सोच, दृष्टिकोण र भावनालाई आधार मानेर पार्टी परिवर्तन गर्ने निर्णय गरेको स्पष्ट पारे।
उनको प्रवेशसँगै सुर्खेत क्षेत्रमा रास्वपाको संगठन विस्तारमा थप ऊर्जा मिल्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार













प्रतिक्रिया