काठमाडौ । फिल्म ‘लालीबजार’को प्रदर्शनमा देखिएको अवरोध हटेपछि यसको नयाँ रिलिज मिति तय गरिएको छ। अब फिल्म आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ।
निर्माण टिमका सदस्य प्रदीप भट्टराईका अनुसार अदालतले प्रदर्शनको बाटो खुला गरिसकेपछि फिल्मलाई २५ वैशाखदेखि हलमा ल्याउने निर्णय गरिएको हो। उनले फिल्मको बुकिङ पनि खुलिसकेको जानकारी दिएका छन्।
उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले यसअघि एकल इजलासबाट जारी गरिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेपछि फिल्म प्रदर्शनमा आउने निश्चित भएको हो।
यसअघि फिल्म १५ वैशाखबाट रिलिज गर्ने तयारी गरिएको थियो। तर प्रदर्शन रोक्न माग गर्दै दायर गरिएको रिटका कारण अदालतले अन्तरिम आदेश जारी गरेपछि रिलिज स्थगित भएको थियो।
षट्कोण आर्ट्सको निर्माणमा बनेको ‘लालीबजार’लाई निर्देशक यम थापाले निर्देशन गरेका हुन्।
प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार













प्रतिक्रिया