काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो सुविधामा प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनपछि गृह मन्त्रालयले दोहोरो सुविधामा रहेका सवारी साधन फिर्ता गर्न पत्राचार गरेको थियो। त्यसपछि ओलीले बा.१३ च ६४३७ नम्बरको निजी नम्बर प्लेट भएको गाडी बुधबार सरकारलाई फिर्ता गरेका हुन्।
प्रधानमन्त्री कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारी साधनको यथार्थ विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको जनाएको छ।
प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया