एजेन्सी। उत्तर कोरिया ले आफू कुनै पनि बाह्य दबाब वा अन्तर्राष्ट्रिय आलोचनाबाट परमाणु शक्ति सम्पन्न राष्ट्रको हैसियतबाट पछि नहट्ने स्पष्ट पारेको छ।

संयुक्त राष्ट्रसङ्घ का लागि उत्तर कोरियाली राजदूत किम सोङ ले देशको परमाणु हैसियत बाह्य दबाब वा एकपक्षीय चाहनाले परिवर्तन हुन नसक्ने बताएका हुन्।

advertisement

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यममार्फत सार्वजनिक गरिएको वक्तव्यमा उनले परमाणु अप्रसार सन्धि (एनपीटी) बाट आफ्नो देश बाध्य नहुने दोहोर्‍याएका छन्।

संयुक्त राज्य अमेरिका लगायतका देशहरूले संयुक्त राष्ट्रसङ्घमा भइरहेको एनपीटी पुनरावलोकन सम्मेलनमा उत्तर कोरियाको परमाणु कार्यक्रमको आलोचना गरिरहेका बेला प्योङयाङको यस्तो प्रतिक्रिया आएको हो।

उत्तर कोरिया सन् २००३ मा एनपीटीबाट बाहिरिएको थियो। त्यसयता उसले ६ वटा परमाणु परीक्षण गरिसकेको छ, जसका कारण उसमाथि विभिन्न अन्तर्राष्ट्रिय प्रतिबन्ध लागेका छन्।

राजदूत किमले उत्तर कोरियाको परमाणु हैसियत संविधानमै समावेश गरिएको दाबी गर्दै परमाणु हतियारसम्बन्धी नीति पनि स्पष्ट रहेको बताएका छन्।

उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमलाई “अपरिवर्तनीय मार्ग” भन्दै आएको छ।

यसैबीच रुस–युक्रेन युद्धमा उत्तर कोरियाले रुसलाई सैनिक तथा हतियार सहयोग उपलब्ध गराइरहेको दाबी पनि अन्तर्राष्ट्रिय स्तरमा भइरहेको छ।

विश्लेषकहरूका अनुसार त्यसको बदलामा प्योङयाङले मस्कोबाट सैन्य प्रविधि सहयोग प्राप्त गरिरहेको हुन सक्छ।

प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com