काठमाडौं। सर्वोच्च अदालत मा पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट गैरकानुनी रूपमा खर्च लिएको दाबी गर्दै रिट दर्ता भएको छ।
अधिवक्ता सरोज न्यौपानेले दायर गरेको रिटमा डा. रामवरण यादव, केपी शर्मा ओली, झलनाथ खनाल तथा सुजाता कोइराला लाई विपक्षी बनाइएको छ।
रिटमा विदेशमा उपचार गर्दा राज्यले खर्च व्यहोर्ने स्पष्ट कानुनी कार्यविधि नभएको अवस्थामा मन्त्रिपरिषद्को निर्णयमार्फत उपचार खर्च उपलब्ध गराइएको दाबी गरिएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइका लागि शुक्रबार पेशी तोकिएको छ।
नेपालमा पूर्वविशिष्ट पदाधिकारीहरूले विदेशमा उपचार गराएर राज्यबाट खर्च लिने अभ्यास लामो समयदेखि विवादको विषय बन्दै आएको थियो।
२०७५ सालमा जनस्वास्थ्य ऐनमार्फत त्यस्तो सुविधा नियन्त्रण गर्ने प्रयास भए पनि विभिन्न कार्यविधिका आधारमा उपचार सुविधा निरन्तर उपलब्ध हुँदै आएको उल्लेख गरिएको छ।
प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया