काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रधानन्यायाधीश नियुक्तिको झन्डै चार दशकदेखि कायम रहेको परम्परा परिवर्तन नगर्न सरकारलाई आग्रह गरेका छन् ।

बिहीबार संवैधानिक परिषद्को बैठक बस्नुअघि सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै उनले नियुक्ति प्रक्रियामा स्थापित अभ्यासलाई यथावत् राख्न ध्यानाकर्षण गराएका हुन् ।

advertisement

खड्काले प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बस्ने परिषद् बैठकबाट प्रधानन्यायाधीश नियुक्ति हुने जानकारी आएको उल्लेख गर्दै लामो समयदेखि अनुसरण हुँदै आएको परम्परामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् ।

उनले परम्परामा कुनै किसिमको फेरबदल गरिए न्यायालयमा गम्भीर अस्थिरता उत्पन्न हुने आशंका व्यक्त गरेका छन् । यस्तो कदमले न्याय प्रणालीमा असुरक्षा र अनिश्चितता बढाउने मात्र नभई समग्र लोकतान्त्रिक व्यवस्थामै नकारात्मक प्रभाव पार्न सक्ने उनको भनाइ छ ।

खड्काले विशेषगरी परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँदै संवेदनशील विषयमा सोचविचारसहित निर्णय गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com