काठमाडौं। जिल्ला अदालत काठमाडौँले नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले बिहीबार अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
त्यस्तै गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सबिना केसी, कमला बस्नेत र निता खत्रीलाई जनही २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।
उनीहरूविरुद्ध शोभा भनिने जानुका पाठकले ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा जाहेरी दिएकी थिइन् ।
प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया