काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति सिफारिससम्बन्धी निर्णयका लागि सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी रहेको छ ।

न्याय परिषद्ले यसअघि नै सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम प्रधानन्यायाधीश पदका लागि सिफारिस गरिसकेको छ । ती सिफारिसमाथि अब संवैधानिक परिषद्ले औपचारिक निर्णय गर्ने तयारी गरिरहेको हो ।

advertisement

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेरहद ६५ वर्ष पूरा भएसँगै गत चैत १८ गतेदेखि अवकाशमा गएपछि उक्त पद रिक्त रहेको छ । राउतको अवकाशपछि सर्वोच्चकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेकी छन् ।

न्याय परिषद्ले सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम संवैधानिक परिषद्को सचिवालयमा पठाएको थियो ।

संविधानको धारा १२९ को उपधारा (३) अनुसार सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कम्तीमा तीन वर्ष कार्यअनुभव भएको व्यक्ति प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुने प्रावधान छ । सोही आधारमा आवश्यक योग्यता पुगेका न्यायाधीशहरूको नाम सिफारिस गरिएको हो ।

बैठक जारी रहँदा नयाँ प्रधानन्यायाधीश को बन्ने भन्ने विषयमा राजनीतिक र न्यायिक वृत्तमा व्यापक चासो देखिएको छ ।

प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com