काठमाडौँ । पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने एक हजार ८०६ चालक कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट राज्यकोषमा रु १८ लाख ७६ हजार ५०४ राजस्व संकलन भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ७७ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १६२ जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १०६ जना तथा तीव्र गतिमा सवारी चलाउने ८८ जनामाथि कारबाही गरिएको हो ।

advertisement

त्यस्तै, लेन अनुशासन पालना नगर्ने ८४ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ३९ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ७७ जना, एकतर्फी सडकमा सवारी चलाउने १११ जना र अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ६२ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com