काठमाडौ । सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा आज बिहान सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको हो ।
मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरो हटाउने काम भइरहेको छ । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर प्रहरी टोली पहिरो पन्छाउन खटिएको उनले जानकारी दिए ।
प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया