काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद् जोखिम न्यूनीकरण सम्बन्धी नीति मन्थन गर्ने भएको छ।
पार्टीको २० वैशाखको सचिवालय बैठकको छलफलका आधारमा २७ वैशाखमा ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन’ विषयमा नीति मन्थन कार्यक्रम आयोजना गर्न लागिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
उनका अनुसार उक्त कार्यक्रम काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आइतबार दिउँसो ३ बजेदेखि सुरु हुनेछ।
प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया