काठमाडौं । सरकारले प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताको आधारमा गरिएको स्पष्ट पारेको छ।
शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले सिफारिस प्रक्रियामा क्षमता र कार्यसम्पादनलाई प्राथमिकता दिइएको बताए।
प्रधानन्यायाधीशका लागि सिफारिस भएका सबै उम्मेदवार योग्य र सक्षम रहेको उल्लेख गर्दै उनले मुद्दा फर्छ्यौटको हिसाबले अग्रस्थानमा रहेका व्यक्तिलाई प्राथमिकता दिइएको जानकारी दिए।
“मुद्दा फर्छ्यौटको आधारमा उहाँ सबैभन्दा अगाडि देखिनुभएको छ, त्यसैले कार्यक्षमता मूल्यांकनकै आधारमा सिफारिस गरिएको हो,” उनले स्पष्ट पारे।
प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया